SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद- ‘दाइ, मेरो गल्ती थिएन’

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ । उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन् । वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए ।