SHARE
कालिका खबर · शुक्रबार​ २६ असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको कदमले निजी क्षेत्रको आत्मविश्वास बढाउँछ : घिसिङ

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायीबिच भएको पछिल्लो भेटवार्तालाई लिएर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन मद्दत पुग्ने बताएका छन्। प्रधानमन्त्री शाह र व्यवसायीबिच भएको छलफलपछि सामाजिक सञ्जालमा धारणा राख्दै घिसिङले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीले उद्योग व्यवसायी र निर्माण व्यवसायीहरूसँग गरेको छलफलले निजी क्षेत्रको आत्मविश्वास बढाउन मद्दत पुग्नेछ। अहिले सबै क्षेत्रमा त्रासको वातावरण रहेको बेला आत्मविश्वास जगाउन महत्वपूर्ण छ। व्यवसायीहरूलाई लगानी र काम गर्ने वातावरण बनाउन राज्यले सहजीकरण र सहयोगीको भूमिका निभाउन जरूरी छ।