विपिनका आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि दिए धन्यवाद
काठमाडाैं : हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् ।विपिनका आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरे।
