SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २०% सम्मको छुट

काठमाडौं : सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  सम्झौता अनुसार हात्तीसार, काठमाडौंस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।