SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

दैलेख बस दुर्घटना : थप दुई शव फेला, मृतकको संख्या तीन पुग्यो

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ ।