SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

१४ हजार पशुचौपायालाई लम्पी स्किन खोप

नुवाकोट : पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध नुवाकोटमा सञ्चालित खोप अभियान सकिएको छ। साताव्यापी अभियानमा १४ हजार पशुचौपायालाई उक्त खोप लगाइएको छ। पशु सेवा कार्यालय नुवाकोटले गाई, भैंसी, चौंरी तथा याकलाई लक्षित गरेर सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्ध खोप अभियान सञ्चालन गरेको थियो। लक्षित पशुचौपायालाई उक्त खोप लगाइएको कार्यालय प्रमुख डा. निशान्त शर्मा गेलालले जानकारी दिए। उनका अनुसार अभियानका लागि ८३ जना भ्याक्सिनेटर नियुक्त भई परिचालन गरिएका थिए।