SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

ठेक्का विवादपछि १० निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा रोक

काठमाडौं । सरकारले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।