भक्तपुर रेडक्रसलाई ४५ लाख रुपैयाँभन्दा बढी बक्यौता बुझाउन केन्द्रको निर्देशन
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भक्तपुर जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले भक्तपुर शाखाको नाममा रहेको ४५ लाख ७१ हजार ८२० रुपैयाँ २१ पैसा रकम २१ दिनभित्र बुझाउन पत्र पठाएको हो ।
