क्रिश्चियन धर्मावलम्बीलाई ५० प्रतिशत छुट दिने अस्पताललाई प्रशासनले छानबिन गर्ने
गोरखा : जिल्ला प्रशासन कार्यालय गोरखाले क्रिश्चियन धर्मावलम्बीलाई मात्र ५० प्रतिशत छुट दिने गोरखाको एक अस्पताललाई छानबिन गर्ने भएको छ। धर्मान्तर गर्न प्रोत्साहित गर्न खोजिएको भन्दै प्रशासन कार्यालयले गोरखा मेमोरियल अस्पताललाई छानबिन गर्ने जनाएको हो।एउटा धर्मावलम्बीलाई मात्र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने गोरखा नगरपालिका १० छेपेटारस्थित गोरखा मेमोरियल अस्पताललाई छानबिन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
