SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार, थप २९ मा संक्रमण पुष्टि

वीरगन्ज : वीरगन्ज महानगरमा फैलिएको हैजा (कोलेरा)को महामारी रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकार जुटेका छन्। नाला र ढलको दूषित पानीबाट हैजाको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ। त्यसको यकिन कारण पत्ता लगाउन वीरगन्ज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका विभिन्न ११ स्थानको खानेपानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको छ।