इरानका पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि सम्पन्न, हजारौँ समर्थकले दिए अन्तिम श्रद्धाञ्जली
काठमाडौं । इरानका पूर्वसर्वोच्च नेता अली खामेनीको मृत्यु भएको चार महिनापछि शुक्रबार उनको अन्त्येष्टि सम्पन्न भएको छ । राष्ट्रिय झण्डाले बेरिएको खामेनीको शवपेटिका पूर्वी इरानको मशहदस्थित इमाम रेजा दरगाहमा लगिएको थियो । त्यहाँ हजारौँ समर्थक भेला भएर प्रार्थना गर्दै उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
