SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन आयोगका वार्षिक प्रतिवेदन पेस हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न वार्षिक प्रतिवेदनहरू संसदमा पेस गर्ने कार्यक्रम रहेको छ । उनले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगका आर्थिक वर्ष २०८१र०८२ का वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।