अमेरिकासँग इरान झुक्ने छैन : आयतुल्लाह अली खामेनी
काठमाडौं : इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकासँग इरान नझुक्ने बताएका छन्। उनले वक्तव्य जारी गर्दै अमेरिकासँगको हालको विवाद समाधान नहुने र इरान कहिल्यै अमेरिकाको दबाब अगाडि नझुक्ने बताएका हुन्।गत जुनमा इजरायल र अमेरिकाले इरानका केही आणविक स्थलगत क्षेत्रमा बमबारी गरेका थिए। त्यसपछि इरानले अमेरिकासँगको आफ्नो परमाणु वार्ता निलम्बन गरेको थियो।इरानको परमाणु कार्यक्रमबारे छलफल गर्न इरानी अधिकारीहरू र युरोपेली नेताहरूबीच अर्को हप्ता भेटवार्ता हुँदैछ।
