SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

लगातारको वर्षाले देशभरका मुख्य सडक अवरुद्ध, बाढी-पहिरोले यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य सडकहरू अवरुद्ध भएका छन् । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडकमा यातायात प्रभावित भएको छ । केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी रूपमा मात्र सवारी चलिरहेका छन् । बागमती प्रदेशका सडकमा बढी समस्या देखिएको छ ।