SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

यमनमा इजरायली वायुसेनाको आक्रमण, कम्तीमा दुई जनाको मृत्यु

इजरायल : इजरायली वायुसेनाले आइतबार यमनको हुती विद्रोही नियन्त्रणमा रहेको राजधानी सानामा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।यो आक्रमण इरान समर्थित हुती समूहले इजरायलमाथि बारम्बार आक्रमण गर्दै आएको प्रतिक्रियामा गरिएको इजरायलले बताएको छ।यसअघि शुक्रबार राति यमनबाट प्रक्षेपण गरिएको एक ब्यालेस्टिक मिसाइलको अनुसन्धानमा इजरायली सेनाले पहिलो पटक हुतीहरूले क्लस्टर बम वॉरहेडसहितको क्षेप्यास्त्र प्रयोग गरेको पुष्टि गरेको थियो।