राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।
