बागलुङमा एचआइभी संक्रमित २२० पुगे, चालु आवमा थपिए ८ जना
बागलुङ । बागलुङमा एचआइभी संक्रमितको संख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार संक्रमितमध्ये १५ वर्षमुनिका ६ जना र १५ वर्षमाथिका २१४ जना छन् । त्यस्तै, ११४ जना महिला र १०६ जना पुरुष रहेका छन् ।
