SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

वर्षायाममा बीपी राजमार्ग नरोकिने, रोकिए पनि आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब सडक अवरुद्ध भए अधिकतम ३० मिनेटभित्र सवारी सञ्चालन पुनः सुचारु गर्ने तयारी गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार वर्षायामलाई लक्षित गर्दै पुनर्निर्मित ट्र्याकबाट केही दिनभित्रै पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ ।