नाट्टा अध्यक्षमा भरत जंग पाण्डेको उम्मेदवारी, समृद्ध पर्यटन र सशक्त संस्था बनाउने प्रतिबद्धता
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २ वर्षे कार्यकालका लागि पर्यटन व्यवसायी भरत जंग पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली ट्राभल व्यवासायीहरुको छाता संस्था नाट्टालाई थप सशक्त बनाउने संकल्पसहित पाण्डेले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
