SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

आत्मदाह प्रयासमा घाइते गणेश नेपालीको उपचार वीर अस्पतालमै, तत्काल भारत नलैजाने

काठमाडौं । राहदानी विभागअघि आत्मदाहको प्रयास गर्दा घाइते भएका मुगुका गणेश नेपालीको उपचार अहिले वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा भइरहेको छ । यसअघि, उनलाई राति नै थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो । तर चिकित्सकहरूले अहिलेको अवस्थामा स्थानान्तरण गर्दा ज्यानको जोखिम बढ्न सक्ने सुझाव दिएपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो ।