बिपी राजमार्ग अवरुद्ध भए अब आधा घण्टामै खुल्ने
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त भई द्रुत गतिमा पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुली खण्ड अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघी राजधानी काठमाडौंसँग जोड्ने यो छोटो दूरीको राजमार्ग यसअघि सामान्य वर्षा हुनासाथ अवरुद्ध हुने गरेको थियो।
