SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

आजको मौसम : देशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ। देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।