साबिक उपविजेता फ्रान्स सेमिफाइनलमा प्रवेश, मोरोक्को क्वाटरफाइनलबाटै बाहिरियो
काठमाडौं । साबिक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
