‘अतिथि देवो भवः’को भावनासहित सफा र सुरक्षित ठमेल निर्माणमा आलोकको जोड
काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट सोमई प्रसाद बानियाँ (आलोक) सदस्य पदका उम्मेदवार बनेका छन्। पर्यटन व्यवसायको दीर्घकालीन विकास, व्यवसायीको हित संरक्षण तथा ठमेललाई स्वच्छ, सुरक्षित र अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले उम्मेदवारी दिएका हुन्। बानियाँले नेपालको पर्यटनको प्रमुख प्रवेशद्वारका रूपमा रहेको ठमेललाई अझ व्यवस्थित, आकर्षक र पर्यटकमैत्री बनाउन परिषद्ले व्यवसायी, स्थानीय समुदाय तथा सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।
