SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

डीएसपी चौधरीबारे प्रहरी प्रवक्ताको स्पष्टोक्ति- जिल्ला तानिएको हल्ला गलत, अभिव्यक्तिबारे सामान्य जानकारी लिइएको हो

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डीएसपी ) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन् । कैलाली जिल्लामा कार्यरत डीएसपी चौधरीले हालै सार्वजनिक गर्नुभएको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।