‘ब्लु बस’ चुनावी नारा होइन, नागरिक केन्द्रीत कार्यक्रम हो : कविन्द्र बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता लिनुमा कुनै राजनीतिक लेनदेन वा मन्त्री बन्ने सहमति नभएको स्पष्ट पारे ।
