‘सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास’
काठमाडौं । काठमाडौंस्थित राहदानी विभाग अगाडि पार्किङ जरिवानाको विषयलाई लिएर एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको प्रतिनिधि सभा बैठकमा मुगु जिल्ला सोरु गाउँपालिका–११ का २२ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको विषय उठाउँदै घटनाका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
