नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ
काठमाडौं । नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दुःख दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।
