SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

त्रिवि सुधारका लागि स्ववियुले बुझायो २१ बुँदे सुझावपत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सुधार, स्वायत्तता र विद्यार्थी हितसँग सम्बन्धित २१ बुँदे मागपत्र बुझाएको छ । बिहीबार स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपकुलपति कार्यालय पुगेर २१ बुँदे सुझाव तथा मागपत्र हस्तान्तरण गरेको हो ।