SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकम बिलिङ ठेक्का प्रकरण : सुनिल पौडेलसहित १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना आरोपितलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त मुद्दामा फैसला सुनाउँदै सबै १८ जना आरोपितलाई सफाइ दिएको हो ।