मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च सुरु
मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमान्डौसम्मको पैदल मार्च सुरु गरेका छन्। बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन्। पैदल मार्च सुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए। साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन्।
