SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

टेलिकमको बिलिङ भ्रष्टाचार प्रकरण : प्रबन्ध निर्देशक पौडेलसहित सबैले पाए सफाइ

विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बिलिङ प्रणालीको वार्षिक मर्मत सम्भार ठेक्का भ्रष्टाचार मुद्दामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित सम्पूर्ण प्रतिवादीहरूलाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेश गरेको आरोप प्रमाणित हुन नसकेको ठहर गरेको हो ।