SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्न नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् । ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य भएको बताए । उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे । ‘नागरिकहरूले प्राप्त गरेका अधिकारहरूलाई संकुचित गर्ने होइन, थप फैलाउने, विस्तार गर्ने र गहिरो बनाउने सन्दर्भमा संविधान संशोधन गरौँ भन्ने कुरा आफैंमा स्वागतयोग्य हो,’ उनले भने।