SHARE
काठमाण्डुपाटी · आइबार​ ८ भौ २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

भारतको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा सिंह नियुक्त

काठमाण्डु – भारत सरकारले सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) का अधिकारी अनिश दयाल सिंहलाई उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । उनी आन्तरिक सुरक्षा, जम्मु–कश्मीर, पूर्वोत्तर राज्यहरू र नेपालको सुरक्षा सम्बन्धी विषयमा जिम्मेवारी लिने भएका छन् । सिंहले करीब ३० वर्षसम्म भारतको गुप्तचर निकाय इन्टेलिजेन्स ब्युरो (आईबी) मा सेवा गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी