राहदानी अगाडी आत्मदाह प्रयास गर्ने व्यक्तिको अवस्था गम्भीर
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ । प्लास्टिक सर्जन डा. दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ ।शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
