राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ पारित
काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
