SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

लगातार दोस्रो दिन पनि ओरालो लाग्यो शेयर बजार, नेप्से १९.६७ अंकले घट्यो

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ। बिहीबार नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१ अंकमा पुगेको छ । अघिल्लो दिन पनि बजार ३० अंकले घटेको थियो । आज ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।