संविधानका आधारभूत संरचनामा कुनै सम्झौता हुँदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्य मान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
