आत्मदाह प्रयास गर्ने व्यक्ति पठाओ चालक रहेको खुलासा, अवस्था गम्भीर
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्नेमा मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । उनले बिहीबार दिउँसो करिब १:४५ बजे आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
