मौलापुरलाई हाकिम बिहीन बनाएर बजेट फ्रिज गराएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् ।
