आज रातिदेखि देशभरका सरकारी खाता बन्द हुँदै
काठमाडौं । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा सरकारले सबै सरकारी खाता आज राति देखि बन्द गर्ने भएको छ । आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि सरकारी खाता बन्द गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आज असार २५ गते राति १२ बजेदेखि देशभरका सरकारी खाता बन्द हुने भएका हुन् ।
