SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

पार्टी नेतृत्व परिवर्तनबारे महेश बर्तौलाको टिप्पणी– ‘कसैको इच्छा पूरा गर्ने ढंगले एमाले अघि बढ्दैन’

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरुलाई अस्वीकार गर्न नमिल्ने भन्दै महाधिवेशनमार्फत निर्वाचित नेतृत्वको विषयमा विवाद सिर्जना गर्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।