SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत इराकका पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ शोकाकुल सहभागी भएका छन् । अत्यधिक भीडका कारण केही समय शवयात्रा अव्यवस्थित बनेपछि शव बोक्ने टोलीले कफिनलाई सुरक्षित राख्न भुइँनजिक झार्नुपरेको थियो ।