आइएमई लाइफद्वारा बीमितलाई केवाईसी अद्यावधिक गर्न आग्रह
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले प्रचलित सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनअनुसार सबै बीमितको केवाईसी विवरण अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।
