SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

कारागार अध्ययन उपसमितिको कार्यअवधि १५ दिन थप

काठमाडौं । विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थाबारे अध्ययन गरिरहेको संसदीय उपसमितिको कार्यअवधि १५ दिन थप गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले निरीक्षण तथा अध्ययनलाई थप वस्तुनिष्ठ र प्रभावकारी बनाउन उपसमितिको कार्यअवधि थप गर्ने निर्णय गरेको हो।