SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा नेपाल र नर्वेबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। भेटघाटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा नर्वे सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरेकी थिइन् ।