SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

संसदीय सुनुवाइ प्रभावकारी नभएसम्म संवैधानिक संस्थाको स्वायत्तता सम्भव छैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावमा परेको आरोप लगाउँदै संसदीय सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफलका लागि बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावबाट मुक्त हुन नसकेको टिप्पणी गरे ।