SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी आर्थिक वर्ष २०८३/८४ को पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेट र कार्यक्रम संसदबाट पारित भइसकेकाले अब सरकारको सम्पूर्ण ध्यान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।