सरकारलाई सांसद कठरियाको चेतावनी- ‘किसानको आँसुको व्यापार नगर्नू’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ? भन्दै प्रश्न गरिन् ।
