SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

सांसद प्रमेशकुमार हमालको प्रश्न- सुशासन सत्ता पक्षलाई लाग्दैन?

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनी सरकारलाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र साहदेखि सत्तारुढ दलका कुनैपनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा छुट दिएको भन्दै सांसद हमालको आक्रोश थियो ।